बन्दुकधारीद्वारा अफगानिस्तानमा तीन सञ्चारकर्मीको हत्या

अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् ।
युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय सञ्चारकमीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयासहरूलाई समस्यामा पारेको छ ।
कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्चार कर्मचारीहरू कार्यालयको कामपछि पैदल घर जाने क्रममा मारिएका एनिकास टिभीका निर्देशक जलमाई लतीफीले एएफपीसँग बताए । टेलिभिजन स्टेशनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरेपनि यसबारे विस्तृत समाचार आइनसकेको बताए ।
घटनास्थललाई समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । अफगानिस्तानमा तालिवान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भएका छन् । वार्तामा तालिवान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख शर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ ।
सरकार र अमेरिका लगायतका विश्व समुदायले तालिवान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिवान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेका छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया