सरकार–विप्लव समूह वार्ता निश्चित, सरकारले खटायो बादललाई, विप्लवले प्रकाण्ड खटाउँदै

bip
काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द्र विप्लव समूहबीच वार्ता हुने भएको छ । सोही वार्ताका लागि सरकारी टोलीसँग वार्ता गर्नका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई खटाउने भएको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई सम्मलिति २ जनाको वार्ता टोली गठन गरेसँगै विप्लव समूहले प्रवक्ता प्रकाण्डसहितको दुई सदस्यीय वार्ता टोली गठन गर्ने भएको छ ।
यसअघि नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन्।
सरकारी वार्ता टोलीको गठनपछि छिटै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_CzcWZblzVl_fzpkfchftymxaxrj19q8kcspcvrez1ryy8hcxhm8nnlnyaupqnw2kj02zqah.jpg)
प्रतिक्रिया