स्रोत नखुलेको रकमसहित कालिमाटीबाट ३ पक्राउ, हुन्डीको रकम हुन सक्ने प्रहरी आशंका

arrese

arrese

काठमाडौं। महानगरीय प्रहरी वृत कालिमाटीले ठुलो परिमाणको हुण्डीको रकमसहित ३ जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो काठमाडौं महानरगपालिका–१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका–१४ कुलेश्चर बस्ने नुवाकोट बिदुर नगरपालिका–१३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित