'बर्थ डे केक' बनाएकै कारण जेल पुगिन् महिला, केक खानेहरू पनि कारबाहीमा !

bday

इजिप्ट -इजिप्टमा एकजना महिलालाई 'अश्लील केक' बनाएको आरोपमा केहीबेर पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक खाइएको थियो।

त्यसको फोटो भाइरल भएपछि बेकरलाई पक्राउ गरिएको थियो। उनलाई ३१९ डलरको जमानतमा पछि रिहा गरियो।

सो जन्मदिनको समारोहमा उपस्थितहरूमाथि पनि कानुनी कारबाही हुनसक्ने ठानिएको छ।

एउटा उच्च धार्मिक निकायले त्यस्ता सामग्री इस्लामले वर्जित गरेको जनाएको छ।

दार अल-इफ्ताले फेसबुकमा टिप्पणी गर्दै यौन झल्काउने सामग्रीहरू 'समाजको मूल्यमान्यतामाथि प्रहार' भएको जनाएको छ।

त्यहाँको युवा तथा खेलकुद मन्त्रालयले क्लबमा भएको निजी समारोहबारे छानबिन गरिरहेको बताइएको छ।

मानव अधिकारसम्बन्धी वकिल नेगाद एल बोराइले उक्त घटनाले राज्यको सहयोगमा अनि इजिप्टको पारिवारिक मूल्यमान्यताको बहानामा समाजमा एउटा तप्का व्यक्तिगत स्वतन्त्रता हनन गर्न उद्यत रहेको उजागर गरेको टिप्पणी गरेका छन्।

ती महिलाले बनाएका बर्थ डे केकका तस्बिर डेलीमेल डट युकेले छापेको छ । -बीबीसी

प्रतिक्रिया

सम्बन्धित