भक्तपुरमा क्योकुशिन रेफ्रि सेमिनार सम्पन्न, देशभरका खेलाडी सहभागी

भक्तपुर । भक्तपुरमा नेपाल क्योकुशिन सेईसिकाईकान कराते अन्तर्गत रेफ्रि सेमिनार सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघ केन्द्रीय डोजोको आयोजनामा आशापुरी डोजो भक्तपुर डोजो प्रमुख हर्क बहादुर तामाङ (सुर्य लामा ४ डान) को संयोजकत्वमा भएको थियो ।
सुर्यविनायक नगरपलिकाका मेयर वाशुदेब थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको सभापतित्व नेपाल क्योकुशिन सेईसिनकाईकान संघका अध्यक्ष एवं नेपालका लागि ब्रान्चचिफ तथा वाक्को वर्ल्ड कमिटि उपाध्यक्ष समेत रहेका सिहान अशोक कुमार श्रेष्ठले गरेका थिए ।
सेमिनार कार्यक्रममा गोविन्द बहादुर अधिकारि बिशेष अतिथि रहेका थिए भने संघको तर्फबाट महासचिव प्रबिण बस्नेतले र आयोजक तर्फबाट डोजोको सचिव सुरेन्द्र लामाले मन्तव्य राखेका थिए ।
नेपाल आर्मीसहित देशभरका ९१ जना खेलाडी सहभागी रहेको उक्त सेमिनारपपछि प्रमुख अतिथि थापाले सहभागी खेलाडिहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । उक्त अवसरमा नगरप्रमुख थापाले कुनै पनि देशको विकासका लागि देशका जनता स्वस्थ्य हुनुपर्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपालीसँगै स्वस्थ्य नेपाली हुनुनपर्नेमा जोड दिए । उक्त अवसरमा सहभागी खेलाडीहरुले नेपाल अधिराज्यभरि क्योकुशिन कराते विस्तार गरिनुपर्ने जनाएका थिए ।
उक्त अवसरमा थापाले महिला हिंसा अन्त्यको लागि महिलाहरुले यो करातेको बिशेष प्रशिक्षण लिनुपर्ने कुरालाई जोड दिदै नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग समेत व्यक्त गरेका थिए ।
सेमिनार नेपाल फुलकन्ट्याक कराते महासंघ बरिष्ठ उपाध्यक्ष एवं टेक्निकल चिफ रामजी प्रशाद बज्राचार्यले रेफ्रि प्रशिक्षण दिएका थिए भने मिस नेवा प्रजिता श्रेष्ठले संचालन गरेकी थिइन् ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया