नेकपा स्थायी कमिटी बैठक आज बस्दै , बैठकस्थल बालुवाटारबाट धुम्बाराही सर्यो

काठमाडौं । सचिवालय बैठकले निर्णयगरेअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षको प्रतिवेदन उपर आज स्थायी कमिटीमा छलफल हुने भएको छ ।
शनिबारको सचिवालय बैठकले आज दिउँसोका लागि स्थायी कमिटी बसेर सो सम्बन्ध छलफल गर्ने निर्णय गरेको थियो ।
नेकपामा लामो समयको विवादपछि अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको प्रत्यूत्तरमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रतिवेदन प्रस्तुत गरेका थिए । ती दुवै प्रतिवेदनहरुको छलफल हुनुपर्ने निर्णय सचिवालय सदस्यहरुले गरेपछि स्थायी कमिटीमा छलफल हुने जनाइएको हो ।
अहिलेसम्म नेकपाका सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएकोमा स्थायी कमिटी बैठक भने पार्टी कार्यालय धुम्बाराहीमा नै बस्ने समेत सचिवालय बैठकले निर्णय गरेको थियो ।
आज दिउँसो १ बजेका लागि आह्वान गरिएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय ओली र दाहालका अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया