पूर्वाधारको काम थाती राख्दै मानवीय स्वास्थ्य पहिलो प्राथमिकताः संयोजक थापा

 

 सूर्यबिनायक नगरस्तरीय अस्पताल 

Kiran_Su (4)

 

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीमा निर्माण गर्न लागिएको ५० श्ययाको अस्पताल निर्माणकार्य तीब्ररुपमा भइरहेको छ । पछिल्लो समयमा महामारीको रुपमा फैलिँदै गएको कोभिड–१९ बाट मानवीय क्षति हुनबाट रोक्नका लागि विकास पूर्वाधारका कामलाई रोक्दै नगरपालिकाले उक्त अस्पताल बनाउन लागेको हो ।

अस्पतालका लागि भक्तपपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद महेश बस्नेतले सांसद विकास कोषबाट १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएपछि निर्माणकार्य सुरु गरिएको हो । १५ दिनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सांसद बस्नेतले नै शिलान्यास गरेको उक्त अस्पताल निर्माणमा कोरोना महामारीका कारण केही दिन थप लाग्न सक्ने सूर्यबिनायक नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं. ८ का वडाअध्यक्ष किरण थापाले माइन्यूजनेपालसँग  बताए ।

Kiran_Su (1)

Kiran_Su (1)

त्यसबाहेकको रकम नगरपालिकाले व्यवस्था गर्ने भएको छ । अस्पताल निर्माणका लागि करिब ३ करोडजति लाग्ने पनि थापाले अनुमान गरेका छन् । जगातीस्थित इँटा तथा टायल उद्योग प्रालिले सरकारसँग भाडामा लिएको २६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेशनलाई डिपो सञ्चालनका लागि दिइएको भवनसहित तत्काल २५ रोपनी क्षेत्रमा अस्पताल बनाउन सुरु गरिएको पनि वडाध्यक्ष थापाले बताए ।

‘अहिले पुरानो भवनमा रंगरोगनको काम भइरहेको छ भने, नयाँ संरचनामा वाल लगाउने काम भइरहेको छ,’ वडाध्यक्ष थापाले बताए । पुरानो भवनमा आईसीयू र भेन्टिलेटर राख्ने र नयाँ भवनतिर अन्य बेडहरु राख्ने गरी निर्माण कार्य सुरु गरिएको अस्पताल निर्माणपछि देशकै नमुना नगरपालिकास्तरीय अस्पताल बन्ने पनि थापाले दाबी गरे ।

Kiran_Su (2)

Kiran_Su (2)

कोरोनाको यस चपेटाबाट बच्नका लागि वा मानवीय क्षति नहोस् भन्ने अभिप्रायःका साथ सांसद बस्नेत र नगरपालिकाको संयुक्त पहलमा अन्य विकास पूर्वाधारका कामलाई थाति राख्दै अस्पताल बनाउन लागिएको थापाले बताए । यस अस्पताल निर्माणका लागि सांसद बस्नेतको सहयोगप्रति कृतज्ञ रहँदै थापाले भने, ‘सांसदज्यू र नगरपालिकाको संयुक्त  अवधारणाअनुसार नै अस्पताल बन्न लागेको हो, अहिलेको विषम परिस्थितिमा सांसदज्यूले बजेट छुट्याइदिएर काम सुरु गर्न पाइयो, समयमै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनेछौं ।’

Kiran_Su (5)

Kiran_Su (5)

हरेक क्षेत्रमा नमूनाजनक काम गर्दै आइरहेको सूर्यबिनायक नगरपालिकाले यसअघि कोरोना जोखिमलाई मध्यनजर गर्दै देशकै पहिलो मोबाइल स्वाब संकलन केन्द्र सञ्चालनमा ल्याएको थियो ।  अरनिको राजमार्गसँगै जोडिएको यस अस्पतालले निर्माणपछि भक्तपुरका मात्र नभई भक्तपुरदेखि पूर्वतिरका बिरामीहरुले पनि सेवा लिनेमा थापा विश्वस्त छन् ।

Kiran_Su (6)

Kiran_Su (6)
Kiran_Su (7)
Kiran_Su (7)
Kiran_Su (3)
Kiran_Su (3)

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन