विश्वभर संक्रमित संख्या ६ करोड नाघ्यो, १४ लाख २५ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ । त्यस्तै एकैदिन ६ लाख ८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा १२ हजार संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख २५ हजार ८ सय ६२ पुगेको छ । त्यस्तै हालसम्म संक्रमितको संख्या ६ करोड ७ लाख ४ हजार १ सय ९५ जना पुगेको छ ।
विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म १ करोड ३१ लाख ३७ हजार ८ सय २९ संक्रमित रहेका छन् भने त्यसपछि भारतमा ९२ लाख ६६ हजार ६ सय ९७ जना संक्रमित रहेका छन् ।
हालसम्म विश्वमै सबैभन्दा धेरै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार २ सय ९९ जनाको मृत्यु भएसँगै हालसम्म २ लाख ६८ हजार २ सय १६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म १ लाख ७० हजार ७ सय ९९ जनाको मृत्यु भएको छ भने नेपालको छिमेकी मुलुक भारतमा हालसम्म १ लाख ३५ हजार २ सय ६१ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै १० लाख संक्रमित भएको मेक्सिकोमा १ लाख २ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । तुलनात्मक रुपमा मेक्सिकोमा धेरै मानिसहरुको मृत्यु भइरहेको तथ्यांक देखिएको छ ।
हालसम्म ४ करोड २० लाख २० हजार ८ सय २१ जना कोरोनामुक्त भइसकेका छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया