सुखानी स्मृति उद्यानका लागि सरकारले सहयोग गर्छः मन्त्री श्रेष्ठ

भद्रपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सुखानी शहिद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पु¥याउने आश्वासन दिएका छन् । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि सोमबार झापा आएका मन्त्री श्रेष्ठले मङ्गलबार झापाको सुखानी शहिद स्मृति उद्यानका बारेमा जानकारी लिदै यस्तो बताएका हुन् ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका शहीदको बलिदानी सदैव स्मरणीय भएको बताए । उक्त अवसरमा प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा मन्त्री श्रेष्ठले भुमिगत कालमा आफुले राजनीति गरेको झापामाको अवस्था बुझ्न र शहिदप्रति सम्मान गर्न आफु झापा आएको बताए ।
प्रतिष्ठानको हाताभित्र रहेका सुखानीका पाँच शहीदको शालिकमा मन्त्री श्रेष्ठले श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रतिष्ठानभित्र रहेको पर्यटकीयस्थल र कछुवा संरक्षण केन्द्रका बारेमा समेत जानकारी लिएका थिए ।
वि.सं २०२९ को झापा विद्रोहका क्रममा पक्राउ परेका कम्युनिष्ट युवा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले झापाको चन्द्रगढी कारागारबाट कारागार सार्ने निहुँमा इलाम र झापाको सिमानास्थित सुखानी जङ्गलमा लगी गोली हानेर हत्या गरेको थियो ।
सुखानीमा बलिदान दिएका शहीदका स्मृतिमा झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ सालबारीमा विशाल उद्यान, कछुवा संरक्षण केन्द्र र पाँच शहीदको पूर्ण कदको शालिकसहितको प्रतिष्ठान स्थापना गरिएको छ । सो अवसरमा मन्त्री श्रेष्ठ सहितको मन्त्रालय स्तरको उच्च टोलीले सोमबार झापाको विभिन्न १० स्थानमा बनेका र बन्ने योजनाको अवलोकन गरेको थियो । स्थानीयदेखि राष्ट्रिय गौरवका योजनाको निर्माण कार्यको अवस्थाबारे जानकारी लिँदै कोरोना कहरले प्रभावित योजनालाई अव उच्च गतिमा तीव्रता दिने बताइएको छ । अवलोकन गर्दै मन्त्री श्रेष्ठले कोरोना कहरका कारण अव कुनै पनि भौतिक विकासका कार्यहरू नरोकिने र उच्च सतर्कता अपनाएर कामलाई निरन्तरता दिने बताए ।
टोलीले मन्त्रालय अन्तर्गत सघन सहरी विकास आयोजना झापा मार्फत भएको कमल, गौरादह, गौरीगंज र दमका सडक, अस्पताल, भवन, विपन्न आवास र राष्ट्रिय गौरवको आयोजना भ्यूटावर समेतको अवलोकन तथा अनुगमन गरेको छ । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले दमकमा निर्माणाधीन भ्यूटावर देशकै गौरव र आधुनिक शैलीमा निर्माण हुने पहिलो ठुलो योजना भएकोले यसलाई सबैले सहयोग गरेर समयैमा सक्नु पर्ने बताएका छन् ।
टोलीको कमलको केर्खा बजारको सडक, विपन्न आवास, पूर्वाञ्चल आयुर्वेदिक औषाधाल, गौरादहको सडक, गौरीगंजको सुरक्षित आवास, बजार, दमकको बहुतले बसपार्क, दमक सभागृह, भ्यूटावर, चुलाचुली ढुङ्गे सडक समेतको अनुगमन तथा अवलोकन गरेको टोलीका सहजकर्ता नेकपाका नेता होमबहादुर थापाले जानकारी दिए ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया