ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

Accident_1
चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा सोमबार ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं. ५ भण्डाराका नवराज दनाई र सोही स्थानका सचिन दनाई रहेका छन्।

भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए ।

स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो । ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनायो।

 

Comments

Top