गण्डकीमा १२९ जना सङ्क्रमित थप, १६७ निको

Gandaki

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने १६७ जना निको भएका छन् । पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।

प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार १९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशमा हालसम्म निको हुनेको सङ्ख्या छ हजार ३९८ छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६५१ पुगेका छन् । प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Comments

Top