दशौं अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा २४ देशका २८ वटा फिल्म प्रदर्शन हुने

काठमाडौं । नेपाली लोकबाजा संग्रहालयले नेपालमा सांगितिक पर्यटन प्रद्र्धधन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवको दशौं संस्करण मंसिर १० देखि १३ गते सम्म आयोजना हुने भएको छ ।
‘जीवनको लागि संगीत र बाँच्नको लागि संगीत’ भन्ने नाराका साथ नेपाली लोक बाजा संग्रहालयले हरेक वर्ष मंसिर महिनामा अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव आयोजना गर्दै आएको छ । दशौं लोक संगीत चलचित्र महोत्सवमा विश्वका २४ वटा देशका २८ वटा फिल्म प्रदर्शन हुने नेपाली लोकवाजा संग्राहलयका संस्थापक रामप्रसाद कंडेलले जानकारी दिए ।
कंडेलका अनुसार हाम्रा अमूल्य अमूर्त सम्पदाहरु लोकगीत, लोकसंगीत, लोकबाजा लोकनाच, लोकसंस्कृति, लोकपरम्परा र लोक जीवनका विविध पक्षहरुको अध्ययन अनुसन्धान र प्रचार–प्रसार गर्न लोक संगीत फिल्म महोत्सवको मुख्य उद्देश्य रहेको छ । साथै विश्वका विभिन्न राष्ट्रहरुले आ–आफ्ना मौलिक लोक संस्कतिको अध्ययन अनुसन्धान र संरक्षणको लागि के–कस्ता कार्यहरु गरिरहेका छन्, मौलिक संस्कृति संरक्षण गर्न के कस्ता कार्य गर्नु पर्ने रहेछ भन्ने अन्तराष्ट्रिय अनुभव आदान प्रदान गरी, हाम्रा अभौतिक साँगितीक सम्पदाहरुलाई कसरी व्यवहारिक रुपमा संरक्षण, सम्वर्धन तथा विश्वव्यापी प्रचार प्रसार गर्ने भन्ने विषय समेत यस महोत्सवको उद्देश्य रहेको संस्थापक कंडेलले बताए ।
यस वर्षको दशौं अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव कोभिड १९ को महामारीमा दिवंगत भएका सम्पूर्ण ज्ञात तथा अज्ञात संगीतकर्मीहरुको लोक संगीत प्रेम र जीवनभरको योगदानको सम्मान स्वरुप वहाँहरुको नाममा सर्मपण गरिएको छ । मंसिर १० गतेको दिन साँझ त्रिपुरेश्वर महादेव मन्दिर, त्रिपुरेश्वरमा १०८ वटा दियो प्रज्वलन गरेर दिवंगत आत्माहरुको सम्मान गरिनेछ ।
दैनिक ११ः०० वजे देखि ४ः०० बजेसम्म दुई सो प्रर्दशन गरिने यस महोत्सवमा विभिन्न देशका लोक संगीत संस्कृति, जीवनशैली, सम्बन्धी वृत्तचित्रहरुले भाग लिएकोमा आमन्त्रित, अप्रतियोगी, र प्रतियोगी गरी २४ वटा देशका २८ वृतचित्रहरुको प्रदर्शन गरिनेछ ।
गतका वर्षहरुमा जस्तै यस पटक पनि विगत नाै दशकदेखि अविच्छिन्न रुपमा परम्परागत नेवारी दाफा संगीत संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवर्धनमा लागिरहनु भएका १०२ वर्षिय वरिष्ठ संगीत शताव्दी पुरुष म्यें गुरु राम लाल महर्जनलाई लाइफ टाईम एचिभमेन्ट अवार्ड समर्पण गरिने नेपाली लोक बाजा संग्राहले जनाएको छ । संचार तथा प्रविधिको माध्यम बाट नेपालका बढी भन्दा बढी युवाहरुलाई लोक संगीत र संस्कृति प्रति आकर्षित गराउने उद्देश्यले यस चलचित्र महोत्सवको सुरुवात गरिएको संस्थापक कंडेलले बताए ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_DisaZPSvbC_fhspzyr14us9y7ya6rzqcfmigaipe8geqr9mffihb3ue3opvsu3zpjlrbbwg.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_VpSeIBj8cq_bituxnwm0jmpgsjw9clutzpmi62n4ribejtvwwsd84gwerharbcxqkr6uaia.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_ddWWDfSp22_lp6qz3gw4q1rujydo7thxnew6i2zqprxfbxzlozdwaix72acayrmuobdsbca.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_kavICERZOp_xxhe8lq5v5pywsr8jfarka0gjubsxskxijx9wpxnhrhgo47t99mbynlpvgxa.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_1J6FCbMwkv_6qhadfneq9thjocmkdsekn1dbmgqj02uw4rf47eh9oqb74yw2omltksuvw4y.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया