आईपीएल २०२०ः दिल्ली र मुम्बईसँग उपाधिका लागि भिड्दै

युएई । युएईमा जारी १३ औं इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल मंगलबार (आज) हुँदैछ । चारपटकको उपाधि विजेता मुम्बई इन्डियन्स र पहिलोपटक फाइनल प्रवेश गरेको दिल्ली क्यापिटल्सबीच फाइनल खेल नेपाली समयअनुसार साँझ पौने आठ बजे सुरु हुँदैछ ।
उपाधिका लागि नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्स पहिलोपटक फाइनलमा साविक विजेता मुम्बई इन्डियन्ससँग खेल्दैछ । मुम्बई यससँगै आईपीएल इतिहासमा छैठौंपटक फाइनल प्रवेश गरेको हो ।
जारी प्रतियोगिताको लिग खेलमा शीर्ष स्थानमा रहँदै मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स क्वालिफायर प्रवेश गरेका थिए । पहिलो क्वालिफायरमा मुम्बईसँग पराजय भएको दिल्लीले इलिमिनेटरको विजेता सनराइजर्स हैदराबादलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको दिल्लीलाई मुम्बईसँग बदला लिँदै पहिलोपटक उपाधि हात पार्ने दाउमा छ । दिल्लीको टिममा युवा खेलाडीको जमात रहेको हुनाले कुनै पनि बखत खेललाई आफ्नो पक्षमा पार्ने क्षमता देखिन्छ । प्रतियोगितामा सर्वाधिक दोस्रो धेरै रन बनाएका शिखर धवन उत्कृष्ट रहेकोले दिल्लीले मुम्बईलाई चुनौती दिनेमा कुनै द्विविधा छैन ।
दिल्लीका कासिगो राबाडा पनि सर्वाधिक फर्ममा देखिएका छन् । फाइनल प्रवेशका क्रममा दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादविरुद्ध एउटै ओभरमा ३ विकेटसहित चार विकेट हात पारेका राबाडाले कुनै पनि बेला खेललाई आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ । जारी आईपीएलमा सर्वाधिक विकेट लिने शीर्षस्थानमा रहेका राबाडा मुम्बईका जसप्रीस बुम्राहाले भन्दा २ विकेट धेरै लिएका छन् ।
क्वालिफायरमा दिल्लीविरुद्ध शानदार जीत हात पारेको मुम्बई उच्च मनोबलका साथ मैदानमा उत्रने छ । फाइनलमा छैठौंपटक पुगिसकेको मुम्बईलाई दबाबमा खेल्न सक्ने अनुभव भएकाले तुलनात्मक रुपमा दिल्लीभन्दा बलियो देखिएको छ । अनुभवी र कुनै पनि बेला उत्कृष्ट प्रदर्शन गर्नसक्ने क्षमता भएका खेलाडीले भरिपूर्ण मुम्बई उपाधि नजिक रहेको छ ।
प्रतियोगितामा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंग्लोर प्ले अफमा प्रवेश गरेका थिए । प्रतियोगितामा भारतका ८ वटा टिम सहभागी थिए । ती मध्ये कोलकाता नाइट राइडर्स, किङ्स ११ पञ्जाब, चेन्नई सुपर किंग्स् र राजस्थान रोयर्स सहभागी थिए ।
कोरोना महामारीका कारण भारतमा आयोजना गरिँदै आएको आइपीएल यस वर्ष युएईका विभिन्न सहरमा खेलिएको थियो ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया