मंसिर ३ गतेदेखि स्कूल खुलाउने नगरपालिकाको निर्णय

तनहुँ । तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शनिबार बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समीक्षा गरी सो निर्णय भएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिए ।
हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघाखोकीको प्रकोप देखिएको र विद्यामान मौसमी सङ्क्रमणको कारणले कोभिड–१९ विस्तारित हुनसक्ने विज्ञहरुको राय रहेकाले सो निर्णय गरिएको उनले बताए । अभिभावकहरुलाई आ–आफ्नो बालबालिकालाई विद्यालयमा पठाउँदा स्वास्थ्य संवेदनशीतालाई धयानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।
त्यसैगरी कक्षा ११ सञ्चालन भएका विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । बैठकमा उपप्रमुख, शिक्षा समितिका सदस्य, सामुदायिक तथा निजी विद्यालयका पेशागत एवं सङ्गठनका प्रतिनिधि, स्थानीय विद्यालय, कलेजका प्रतिनिधिको सहभागिता थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_2RUCQHet5e_6crd4ipegajoarjhrtd61vahtimaziorperxmu69jewqtuhwvegrxvynbjc2.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_0Oa2Pr6DBq_i2ephg3uwqgwdctaevhqmcqvbkfr4tsqunhk6pozmsc0v1w1jkmit0rnot4t.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_qIaIN5JdP1_wz9ok97rxywgeplwzoujpzri5k3cgwibfalvyx1lqbhil0o3v4hs9v5qr6i3.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_ffJvijGx18_wnc4rphjxkufdzlwmwacsu7skgbk5imimsmqyxvrvphxroacbq3ut8gccuze.jpg)
प्रतिक्रिया