'सोचे झैं जीन्दगी रैनछ' विवाद सल्टियो

century

काठमाडौं । तीजगीत सोचे झैं जीन्दगी रैनछ भन्ने गीतलाई लिएर विगत एक महिनादेखि देखिएको विवाद अन्त्य भएको छ ।

सर्र्जक खेम सेञ्चुरी र गीतकी निमात्री मधु क्षेत्रीबीच सो गीतको विषयलाई लिएर विवाद भएको थियो । दुवैजनाबीच गीतबाट आउने रकमलाई लिएर विवाद सिर्जना भएको मिडियामा बाहिरिएको थियो ।

दुवैले आ–आफ्नो तर्क गर्दै आएका थिए । लोक दोहोरी प्रतिष्ठानको संयोजनकारी भूमिकामा सो विवाद समाधान भएको लोक दोहोरी प्रतिष्ठानका पूर्वअध्यक्ष एवं कलाकार बद्री पंगेनीले आप्mनो सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

पंगेनीले सेञ्चुरी र क्षेत्रीबीच खासै ठूलो समस्या भएको बताउँदै फेसबुकमा लेखेका छन्, 'सोचेझैँ जिन्दगी रैनछ, झगडा खास ठूलो हैनछ, कलाकार खेम सेन्चुरी र मधु क्षेत्री बिचको विवाद समाधान भएको छ, धन्यवाद सम्पुर्णमा,' लेखेका छन् । यसबाट उनीहरुको अहिलेसम्म देखिएको विवाद समाधान भएको जनाइएको छ ।

Comments

Top