अमेरिकामा कोरोना प्रभाव बढ्दो क्रममा, एकैदिन १ लाख बढी संक्रमित

crying US

 

 

काठमाडौं । पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको अमेरिकामा पछिल्लो २४ घन्टामा १ लाख १ हजार ३ सय ५८ जना संक्रमित थपिएसँगै हालसम्म ९३ लाख १६ हजार १ सय ९४ पुगेका छन् ।

विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि सबैभन्दा धेरै नै रहेको छ । पछिल्लो २४ घन्टामा ९ सय ५८ जना मृतक थपिएको अमेरिकामा हालसम्म २ लाख ३५ हजार १ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा भन्दा करिब १२ लाखले बढी संक्रमित देखिएको अमेरिकामा कोरोनाबाट निको हुनेको संख्या भने भारतमा भन्दा १४ लाख कमी रहेको छ ।

अमेरिकामा हालसम्म ६० लाख मानिस कोरोनामुक्त भइसकेका छन् भने ३० लाख भन्दा बढी अहिलेपनि सक्रिय संक्रमित रहेका छन् ।

Comments

Top