राष्ट्रिय युवा संघ नेपाल भक्तपुरमा श्रेष्ठको संयोजकत्वमा ७१ सदस्यीय कमिटी घोषणा (सूचीसहित)

raju_1

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी गठन गरिएको छ । तत्कालिन युवासंघ नेपाल र वाईसिएल नेपालको केन्द्रीय कमिटीको एकतापश्चात जिल्ला र मातहतका कमिटीको एकता प्रक्रियालाई पूर्णता दिने उद्देश्यले भक्तपुरमा जिल्ला कमिटी गठन गरिएको हो ।

युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य एवं भक्तपुर इन्चार्ज डीपी थपलिया र युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य एवं भक्तपुर सह–इन्चार्ज दिनेश थापाको उपस्थितिमा ७१ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त कमिटी घोषणा कार्यक्रममा युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य एवं भक्तपुर सह–इन्चार्ज दीपक दाहाल पनि उपस्थित थिए ।

कमिटीको संयोजकमा राजु लुबन्जार श्रेष्ठ रहेका छन् भने सह संयोजकमा अजय श्रेष्ठलाई चयन गरिएको छ । कमिटिका सदस्यहरुमा नरेश रन्जित,राजु कुटु ,अमित उपाध्याय ,बेद प्रसार खरेल , पुष्पराज बस्नेत, राजन गोसाई, नरेश वाईवा, सुदीप कार्की, सुमन दाहाल, प्रदीप कार्की लगायतका रहेको जनाइएको छ ।

त्यसका साथै भक्तपुरका चार नगर कमिटिका संयोजक र सह संयोजक पनि तोकिएको छ । सूर्यबिनायक नगर कमिटी संयोजकमा रविन थापा र सहसंयोजकमा सुरेन्द्र सुवाललाई चयन गरिएको छ ।

त्यस्तै चाँगुनारायण नगर कमिटि संयोजकमा कपुर थापा र सहसंयोजकमा लक्ष्मण दुलाल, मध्यपुर ठिमी नगर कमिटीमा अमित चक्रधर संयोजक र सुजन नानी श्रेष्ठ सहसंयोजकमा चयन भएका छन् ।

त्यस्तै भक्तपुर नगर कमिटिमा कृष्णमान बनमाला संयोजक र सुशील मधिकर्मीलाई सह संयोजकमा चयन गरिएको नवगठीत कमिटीका संयोजक राजु लुबन्जारले बताए ।

नवगठित कमिटीकाे पूर्णसूचीः

11

 111111111

 

 

प्रतिक्रिया

सम्बन्धित