'यो दशैंको रमाइलो'मा सरिता र राहुल

काठमाडौं । दशैंलाई लक्षित गरेर गायक सुवर्णकुमार, विष्णु श्रेष्ठ र गायिका दिपा कोइरालाले ‘यो दशैंको रमाईलो’ दर्शकमाझ ल्याएका छन् ।
डब्बु क्षत्रीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता राहुल श्रेष्ठ मुख्य भूमिकामा छन् । पछिल्लो समय गायिका तथा सञ्चारकर्मी सरिता भारती मोडलको रुपमा व्यस्त छिन् । गीत निकै राम्रो भएकाले आफुले अभिनय गरेको सरिताले बताइन् ।
राहुल र सरिताले स“गै अभिनय गरेको यो तेश्रो भिडियो हो । उनीहरुलाई यो भिडियोमा जोडीको रुपमा निकै राम्रो देखिएको छ । यस गीतको भिडियोलाई भिडियोक्राफ्ट नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
गीत र भिडियो दुबैलाई दर्शकले रुचाएका छन् । भिडियोमा अन्य कलाकारमा हेम श्रेष्ठ, मिना लामा, आस्था कार्की, ऋतु कोइराला, सुस्मिता श्रेष्ठ, अस्मिता पौडेल, अनुप दुलाललगायत छन् । लिँगे पिङ हालेर गाउँलेको जमघटमा भिडियो तयार गरिएको छ । तीन साताअघि छाया“कन गरिएको यो भिडियो हाल आएर रिलिज गरिएको हो ।
दशैंको अवसरमा भेट भएका अपरिचित युवायुवतीबीच पिङ खेल्दाबाट सुरु भएको प्रेम प्रसंग र दशैं–तिहारको साँस्कृतिक भावलाई यो गीतमा समेटिएको छ । गीतको शब्द संगीत सुवर्णकै हो । कोरोनाले दमित भएका दर्शक श्रोतालाई केही क्षण भएपनि उल्लासमय गीत प्रस्तुत गरेर हर्षित तुल्याउन आफुले दशैंगीत बजारमा ल्याएको गायक तथा संगीतकार सुवर्ण कुमारले बताए ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_0fUmlsTmrP_ca7yglexexpfnfnf77fdavfrkeyd7amznguoi9olxaggyxxuhszeyvzbuc33.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_QbFhIRlzhE_xbclinexdp215ffhzudzndf45dkshjef6frlaajvzmcahtopo6ycrw5q5xrv.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_Rn2CIKZKT4_savmgstufapz7uk3i9ugzveno6jirjbs17immfdtjkmdwnkbw328d0vfhons.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_MPZX79WaC2_0oz7wyiz5u9znxmp8sxjdjsvrb9n0qfeh4ogkrhovgtiyd4hsxtssijhmzft.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_gb9qqxfeuO_b9gsrcnurjepvuakcrx7nfuuu109e83fl47vehvbkwpxqi4nfmulgwrf2i11.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया