इजरायलमा कोरोनाबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु

israel
इजरायल । कोरोना भाइरसको संक्रमणबाट इजरायलमा सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको छ । कोरोनाले ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी आलोङ लामा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
कोरोनाको कारण मृत्यु भएको र परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार समेत गरिसकिएको दूतावासले जनाएको छ ।
इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तीब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।
इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा अन्जना शाक्यले अनुरोध गरेकी छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया