दशैंको मुखमा पाल्पाका दुई पालिका 'सिल', रामपुर अस्पतालका २८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

पाल्पा । पाल्पाको रामपुर नगरपालिका एक साताका लागि सिल गरिने घोषणा गरिएको छ । रामपुरमा कोरोना संक्रमण देखिएपछि शनिबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि नगरपालिका सिल गरिने भएको छ ।
रामपुर अस्पतालमा कार्यरत २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि राति १२ बजेदेखि यही असोज ३० गते राति १२ बजेसम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, सवारी साधन सञ्चालनमा रोक लगाइने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए।
यसैगरी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । शुक्रबार अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अर्को सूचना जारी नगर्दासम्मका लागि अतिआवश्यकबाहेकका बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। विजय परियारले बताए ।
त्यस्तै पाल्पाकै निस्दी गाउँपालिका पनि आगामी कात्तिक १ गतेसम्मका लागि सिल गरिएको जनाइएको छ । गाउँपालिका प्रमुख, प्रशासकीय अधिकृतलगायतका व्यक्तिहरु संक्रमित भए पछि गाउँपालिका सिल गरिएको जनाइएको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_HTGPy2gkPz_wqrvuvp2xladsynwwcgsnxawmkshzeqknvtyhk9azkv6moacwqvaltp1xhjy.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_n6ibHlpXtN_bif09yonckc1e3etcsbwf2ohllpa6d85w1uaqqc4jsmbdvur623jojhm0e6c.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_Ro5i2OHGSV_aff966964x50zrelajzxm6pnobt2pjnquzrppnu7lxnolufrinzeukkgmtzr.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_hpSXGjsSuo_guanamubqylhpvucbco2uzojjivbzyk9slischlpw41fjtyes7riohgfqiix.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया