बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

Died_Corona1

बाँके । बाँकेमा थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ ः २५ बजे मृत्यु भएको हो।

उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

मृतकको फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको श्रेष्ठले बताए।

दिउँसो रिपोर्ट पोजेटिभ आएपछि उनी भदौ ६ गते राति ११ बजे अस्पतालमा भर्ना भएका थिए। यससँगै बाँकेमा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित