संक्रमित संख्यामा एक महिनामा भारतले अमेरिकालाई उछिन्ने !

IND_US

 

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा ९२ हजार ७ सय ५५ जना नयाँ संक्रमित थपिएसँगै भारतमा हालसम्म ३ करोड ९ लाख ७६ हजार ५ सय ५९ जना संक्रमित पुगेका छन् ।

पछिल्ला दिनमा भारतमा दैनिक ९० हजार भन्दाबढी नयाँ संक्रमित थपिइरहेका छन् । भारत अहिलेको अवस्थामा संक्रमित संख्यामा अमेरिकामा भन्दा १५ लाखले कम रहेको छ । भारतमा दैनिक ९० हजार भन्दा बढ्दो क्रम र अमेरिकामा करिब ४० हजारले बढ्ने क्रम रहेको छ ।

यी दुवै देशमा अहिलेकै दरमा संक्रमितको संख्या बढ्दै गएको खण्डमा आगामी १ महिनामा भारतले अमेरिकालाई उछिन्ने संकेत देखिएको छ । दैनिक ९० हजार संक्रमित थपिँदै गएको खण्डमा भारतमा आगामी १ महिनामा ८१ लाख संक्रमित पुग्छन् भने अमेरिकामा पनि दैनिक ४० हजार थपिँदै गएको अवस्थामा ८१ लाख नै संक्रमित संख्या पुग्ने देखिन्छ ।

त्यस्तै अमेरिकामा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ३ हजार ८ सय २४ पुगेको छ भने भारतमा ८६ हजार ७ सय ७४ जना पुगेका छन् ।

हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७६ हजार ५ सय ५९ पुगेका छन् भने ९ लाख ६० हजार ८ सय ७२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित