सन्दर्भ संविधानदिवसः सैनिक मञ्च टुँडिखेलबाट प्रधानमन्त्रीले विशेष सम्बोधन गर्दै

KP Oli
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले दिवसका अवसरमा आज (शनिबार) बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिनुका साथै विगतमा जस्तै अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।
यसअघिका प्रधानमन्त्रीका रुपमा पदासीन रहेको अवस्थामा अघिल्लो दिन लिखित रुपमा शुभकामना दिने प्रचलन रही आएकोमा यसपटक प्रधानमन्त्रीले पृथक एवं अपडेटेड तरिका अपनाउन लागेको जनाइएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया