पौडीबाज नयनासँगै उनका पति र छोरालाई कोरोना संक्रमण

काठमाडौं । पौडीवाच नयना शाक्यलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । आठौं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता एवं नेपालको तर्फबाट ओलम्पिकमा खेलेकी नयनासँगै उनको परिवारका सदस्यलाई समेत कोरोना देखिएको छ ।
नयनाले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट आफु र परिवारलाई कोरोनाको संक्रमण देखिएको बताएकी छन् । नयनासँगै उनका पति पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभानलाई कोरोना देखिएको हो ।
आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसीङमा कोरोना नदेखिएपनि केहि दिनपछि आफ्नो परिवारलाई कोरोना देखिएको नयनाले फेसबुकमा लेखेकी छिन् ।
विकासलाई केहि दिनपछि कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले लेखेकी छिन् ।
नयनाले धेरै सावधानी अपनाएर घरमै बस्दा समेत कोरोना देखिएको बताउदै भाईरसलाई हल्का रुपमा नलिन आग्रह समेत गरेकी छिन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया