देशभर थप १ हजार ८१ नयाँ संक्रमित

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ८१ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । 

बुधबार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको जनाइएको छ । पछिल्लो २४ घन्टामा देशभर ११ हजार १ सय ६७ जनाको पीसीअार गरिएको जनाइएको छ । 

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

पछिल्लो २४ घन्टामा ९ सय १८ जना रहेका छन् । यससँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित