सन्दीपको एक विकेट बाबजुद जमैका पराजित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ ।
शुक्रबार राति सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग जमैका ७ विकेटले पराजित भएको हो । जमैकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
बार्बाडोसका लागि कप्तान जासन होल्डरले सर्वाधिक ६९ रन बनाए भने जोनाथन कार्टरले ४२ तथा मिचेल सान्टनरले ३५ रन बनाए ।
जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए ।
लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले बार्बाडोसका कप्तान होल्डरलाई आउट गरेका थिए । योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिएका छन् ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।
यो खेल जितेपनि बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ । बार्बाडोसले १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै अंक तालिकामा पाँचौ स्थानमा रह्यो ।
९ खेलमा ३ जित, एक रद्ध र ५ हार बेहोरेको जमैका भने ७ अंकसहित चौथो स्थानमा रहदै सेमिफाइनलमा पुगिसकेको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_aQeW6WYHex_qkkombanqqdfd4n6rnqg9vpn4jtiui8tequ6miclxeem3bjacpixavclg8tx.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_n6ibHlpXtN_bif09yonckc1e3etcsbwf2ohllpa6d85w1uaqqc4jsmbdvur623jojhm0e6c.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_Ro5i2OHGSV_aff966964x50zrelajzxm6pnobt2pjnquzrppnu7lxnolufrinzeukkgmtzr.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_ewISeByGBE_o6fs0x9brx5pbdujzoooilmbwbfqyl9dzxohxhbxpuqdff4hhmxv2uswv7bx.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया