चितवन काँग्रेस अब जरैबाट बलियो हुँदैछः युवा नेता पौडेल

नेपाली कांग्रेसमा आगामी महाधिवेशनको तयारी अहिले तीब्ररुपमा अघि बढेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम देशैभरि भएसँगै महाधिवेसनको माहोल बढेको हो । सभापति शेरबहादुर देउवा एकलौटी विभाग विस्तारमा व्यस्त देखिन्छन् । तर विभाग विस्तारलाई मान्यता नदिने भन्दै संस्थापनइतर समुहले असन्तुष्टी जनाईरहेका छन् । यतिबेला विभाग विस्तार गरेर देउवाले निर्वाचनलाई प्रभाव पार्ने प्रपञ्च रचेकाले संस्थापनइतर समूहले कडा बिरोधको कार्यक्रम ल्याउने तयारीमा छ । यद्यपि कस्तो खालको बिरोधका कार्यक्रम गर्ने या नगर्ने भन्ने टुंगो भने लागिसकेको छैन । अहिले नेतृत्वकै कारण कांग्रेस अप्ठेरोमा परेको र नेतृत्वले निर्वाचनमा प्रभाव पर्नेगरी काम गरेकोले आफूहरुले मान्यता नदिने संस्थापनइतरको ठहर छ । यता चितवन कांग्रेस पनि बेला बखत चर्चामा आउने गरेपनि अहिले यस बिषयमा खासै चर्चा गरेको देखिदैन । चितवनमा कांग्रेसले अझपनि चितवनवासीको मन जित्न सकेको छैन । आगामी महाधिवेशनपछि चितवन कांग्रेसको भविष्य कस्तो होला त ? पार्टीका एजेन्डा, योजना भावी रणनीति कस्तो हुनुपर्छ ? कसरी लैजानुपर्छ ? भन्ने बिषयमा चितवन कांग्रेसका जिल्ला सदस्य नबिनराज पौडेलसँग कांग्रेसको समग्र बिषयमा केन्द्रित रहेर गरेको कुराकानीः
नेपाली कांग्रेसको महाधिवेशन समयमै होला त ? तपाईंको अनुमान के छ ?
नेपाली कांग्रेसको महाधिवेशनको सरमागर्मी सुरू भइसकेको छ । अब कोभिड–१९ प्रभाव मत्थर भएसँगै महाधिवेशन पनि तोकिएकै समयमा हुने बुझिएको छ। पार्टीमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकिएपछि महाधिबेसन हुनुपर्छ भन्ने मेरो बुझाई हो । देशको परिस्थिति अवस्था हेरेर केही दिन, महिना हेरफेर हुन सक्ला तर अब धेरै ढिला भइसक्यो । जति ढिला महाधिवेशन गरिन्छ त्यति पार्टीलाई क्षति हुन्छ । जसले गर्दापनि महाधिवेशन समयमै हुने आशा छ ।
महाधिवेशन फागुनमै हुने सम्भावना कत्तिको छ ?
फागुनमा गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै नेताहरुले गर्नुभएको छ । केन्द्रीय सभापतिको पनि छ । फागुनमा सम्पन्न गर्न कार्यतालिका समेत बनाइएको छ। तीन तहको संरचना अनुरुप अन्तरिम संरचना बन्ने क्रममा छ। त्यसैले केही महिना परसरेपनि निर्धारित समयमै महाधिवेसन हुन्छ । नेतृत्वको होडबाजी छ ।
दोस्रो पुस्ताले नेतृत्व गर्ने सम्भावना कत्तिको छ ?
अहिले पार्टीको प्रमुख प्रतिपक्ष दल को भूमिका कमजोर स्थितीमा छ। यद्यपि देशैभरी कार्यकर्ता कांग्रेस उमार्ने मेलोमा लागेका छन् । कार्यकर्ता रुस्ट भएपनि धेरै चिन्तित छन् । अब महाधिवेशनको विकल्प छैन । पार्टी बिग्रिएको छ, लथालिंग भएको छ । त्यसैले यो पटक नेतृत्व सहि छनौट भयो भने फेरी कांग्रेस जरैदेखि बलियो हुन्छ । त्यसको लागि सभापति विवादरहित, निस्कलंकित, बैचारिक क्षमताको हुनुपर्छ ताकि देशका अन्य शक्तिहरुले हेप्न नसकुन् ।
अहिलेको अवस्थामा धेरै आकांक्षी छन्, संस्थापनइतर पक्षको एउटा उमेद्वारी हुने सम्भावना के छ ?
अहिलेसम्म सबै प्रचारमा हुनुहुन्छ, को नेता हुने वा को सभापति हुने ? पछिको कुरा हो । निर्वाचनमा को सभापति लड्ने भन्ने त मनोनयन दर्ता गर्ने बेलामा थाहा हुन्छ । सभापतिको आकांक्षीमा मात्रै आधा दर्जन नेताको रहेको भन्ने सुनेको छु । अब आन्तरिक रुपमा छलफल भएपछि टुंगो लाग्ला । अहिले यसै भन्न सकिने अवस्था छैन ।
तपाईंको पनि चितवन कांग्रेसमा चर्चा छ, केमा उम्मेद्वार हुनुहुन्छ ?
म भर्खरै पार्टीको पोलिटिक्स र समितिमा आएको छु । धेरै बर्ष पार्टीको प्रचार विभाग र संचार समन्वयमा काम गरें । अब जिल्लाभरिका साथीभाईको चाहना बुझेर जिल्ला समितिको पदाधिकारी बन्ने प्रयासमा छु । हेरौं समयले कत्तिको साथ दिन्छ ।
चितवन काँग्रेसमा अबको सभापति को बन्ला ?
धेरै साथीहरु मैदानमा हुनुहुन्छ यो वा त्यो गुट नभनी एकाकार गरी आगामी चुनाव हाँक्न सक्ने पार्टीलाई जिताउन कटिबद्द एक जना कोही पक्कै सभापति हुनुहुन्छ ।
तपाईंको विचारमा अबको कांग्रेस कस्तो हुनुपर्छ ?
अब मात्र होइन कांग्रेस सधैं बिचारसहित अडिलो र स्वाबलम्बी हुनुपर्छ । जसको नेतृत्व सबैले सहज स्विकार्ने खालको होस् । गुटउपगुटको अन्त्य होस् । सबै नेता कार्यकर्ताको भावना बुझेर आ–आफ्नो जिम्मेवारी दिइयोस् । पार्टीमा योगदान दिएका, पार्टीप्रति समर्पित र निष्ठावान व्यक्तिलाई ठाउँदिने परिपाटी बन्नुपर्छ भन्ने लाग्छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_UOj4pchvij_2ndobksaywlxpr0up4glykn1fwx2pd1khdblvmlu3wavoylrj8e8va2weukn.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_KJdU3Wsuxq_qfbip8pj7hkf62qd2ykmnmfln6v6tto8booavzio4eemonub4buqx7yzxnu7.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_Evixc4lT1c_ajuzkujmjuuegmxe4isqre0mjwquffyhpfuiolfelwvgfp6pwvsr8tkx5yup.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_BsICfWwILo_gbwwgeqss6trusrnit87nx3krfkshquexw9mrp10u8tbik3gtfrbxj2ssiuo.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_U647pH6txz_x24wgk4htr2hp4umzlxs3aspv1ma3o9wrscd1fnrsegu7o1bdlnuhxgib4da.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_xAgphZFChk_meyzgw5xfinhilz5xwn2lus7qdf3ysuw27mdejtmrs2ndwfqi2p8poidj8lm.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_q7ZhpuqdmC_7nzcshqr1kheepbh7rfttblouprjjzdhsbgohyun8lgxx3zi1a7dfho5mcbx.jpg)
प्रतिक्रिया