देशभर १२२१ नयाँ संक्रमित थपिए

Corona_Update

 

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १२२१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १२ रहेको गाैतमले जनाए । 

हालसम्म देशभर ६ लाख ४२ हजार ३ सय ४३ जनाको पीसीआर परिक्षण गरिएको पनि गौतमले जनाए ।

गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभर १२२१ जनामा कोरोना संक्रमण देखिएसँगै हालसम्म ३८ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा २४ घन्टामा २६७ जना डिस्चार्ज भएका छन्, यससँगै २० हजार ८२२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित