सन्दीपको २ विकेटसँगै सीपीएलको छैठौं खेलमा जमैकाको तेस्रो जित

Sandeep Lamichhane

ट्रिनिटाड । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गतको अहिले बिहान सकिएको खेलमा सन्दीप लामिछानेको टिमले जित हात पारेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी जमैका तलावाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसबीचको खेलमा लामिछानेले २ विकेट लिएपछि ३७ रनको जीत निकाल्दै प्रतियोगितामा तेस्रो जित हात पारेको छ ।

लामिछाने अनुबन्धित टिम जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

जमैकाको जितमा कार्लोस ब्रेथवेटले ३।४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए ।

विरसामी पेरुमलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिदा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

फिडेल एडवारर्ड्सले ४ ओभरमा ३९ रन खर्चेर २ विकट लिए । मुजिब उर रहमानले ४ ओभरमा १२ रनखर्चेर १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जमैकाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । ओपनर ग्लेन फिलिप्स ६१ बलमा २ चौका र ६ छक्का सहित ७९ रनमा अविजित रहेका थिए । 

जितसँगै जमैका ६ खेलमा ३ मा जित र ३ हारसहित तेस्रो स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित