नेपालका अर्बपति उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

Binod

 

काठमाडौं । नेपालमा एक मात्र अर्बपति उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

चौधरीले आफ्नो कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बताउँदै आफूलाई अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको बताए ।

उनले आफु आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित