'यहाँ बिमारीकाे कारणले भन्दा पनि समाजको हेलाले मर्न बाध्य गराउँछ'

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आजको दिनसम्म २ करोड ३३ लाख भन्दा बढी संक्रमित भइसकेको अवस्था छ भने ८ लाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
विश्वभर फैलिएको महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । रोग, महामारी भन्ने बित्तिकै सबैभन्दा अग्रपंक्तिमा रहेर सामना गर्ने भने स्वास्थ्यकर्मीनै हुन् भन्ने कुरामा दुई मत हुन सक्दैन ।
नेपालमा पनि पछिल्ला दिनहरुमा स्वास्थ्यकर्मीका साथै सुरक्षाकर्मीहरुमा धेरै संक्रमण देखिएको तथ्यांक सार्वजनिक भइरहेका छन् । यसैबीच संक्रमितको तथ्यांकसँगै स्वास्थ्यकर्मीहरुसँग गरिएका केही व्यवहारले मन खिन्न बनाएको छ ।
म पनि एक स्वास्थ्यकर्मी भएको नाताले र पछिल्ला दिनमा अत्याधिक रुपमा फैलिइरहेको राजधानीकै एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भएका नाताले राजधानी जस्तो सुविधासम्पन्न र शिक्षित मानिसहरुको केन्द्र रहेको ठाउँमै घटेका केही घटनाहरुबाट विक्षिप्त महसुस भएको छ ।
कोरोना संक्रमितसँग सबैभन्दा नजिक रहेर उनीहरुकै उपचार गर्नुपर्ने अवस्थामा रहेका हामी स्वास्थ्यकर्मीहरुलाई हेयको दृष्टिले हेर्न थालिएको छ । कुनै पनि डाक्टरलाई आफ्नो भन्दा धेरै बिरामीको चिन्ता हुन्छ, फलस्वरुप अहिलेको अवस्थामा राजधानीका स्वास्थ्यकर्मीहरु १८ घन्टासम्म सेवामा खटिइरहेका छन् । आफ्नो ज्यानलाई जोखिममा राखेर बिरामीको हेरचाहमा दिन रात खटिँदा समाजका प्रतिष्ठीत एवं आफूलाई शिक्षित भन्ने व्यक्तिहरुबाटै नै गाली, गलौच एवं हेयको दृष्टिले हेरिनु पक्कै पनि सही होइन होला ।
यी र यस्ता घटना देख्दा म आफूँ स्वयंलाई पनि के स्वास्थ्यकर्मी हुनु अभिशाप हो ? र भन्ने प्रश्न उब्जिन्छ । अहिलेको विषम परिस्थितिमा विश्व ठप्प छ, कोभिड–१९ का कारण ।अहिले हाम्रो जस्तो गरीब मुलुकमा महामारी फैलियो भने स्थिती झन् भयावह आउनसक्छ । यस्तो अवस्थामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी आफ्नो परिवार नभनी आफ्नो ज्यानको पर्वाह नगरी देश र जनताको लागी अग्रस्थानमा रहेर काम गरिरहेको अवस्था छ र कोही कसैको कोभिड–१९ बाट ज्यान नजाओस् भनि चिन्तित रहने स्वास्थ्यकर्मी अझ अग्रस्थानमा रहेर काम गरिरहँदा कोही स्वास्थ्यकर्मी संक्रमित हुँदा किन हेला गर्नुहुन्छ ? उनीहरुले १८ घन्टाको ड्युटीपछिको समय बिताउनका लागि बसेकै ठाउँमा रहेका बेला किन हेला गर्नुहुन्छ ? किन आक्रमण गर्नुहुन्छ ?
तपाईंहरुलाई थाहा छ, एकजना स्वास्थ्यकर्मीले कति जनाको ज्यान बचाउन सक्छ ? यो रोगको औषधी छैन भन्ने दिमागमा राख्नुस् भोली तपाईं हामी सबै यसबाट संक्रमित हुन सक्छौं । यो समय तपाई के गर्नु हुन्छ ? इटाली जस्तो विश्वकै सबैभन्दा स्वास्थ्य सुविधासम्पन्न मुलुकमा त संक्रमणबाट लाखौं संक्रमित हुनु र ३५ हजार भन्दा बढी मानिसले ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक भइरहेको अवस्थामा नेपालको स्वास्थ्यसुविधा त्यति राम्रो छैन ।
अहिलेको यस परिवेशमा हामीले कोरोनाबाट विजयी पाउने भनेको आफैंले ध्यान दिएर, सचेत भएर सरकारले गरेको निर्णयलाई पालना गर्नु नै एकमात्र उत्तम विकल्प हो ।
त्यसैलै हामीले यहाँ स्वास्थ्यकर्मीलाई मात्र होइन, बिरामीलाई पनि हेयको दृष्टिले हेरिनु हुँदैन । यस रोगको सबैभन्दा ठूलो औषधी भनेको मनोबल र समाज अनि परिवारको सहानुभूति नै हो । त्यसैले बिरामीलाई हेला नगरौं । यहाँ बिमारीले भन्दापनि समाजको हेलाले मर्न बाध्य गराउँछ । यो परिस्थिति सबैको आउने छ, त्यसैले कसैलाई हेला नगरौं ।
सबैलाई माया गर्नुस् हौसला दिनुस् कोही नआत्तिनुहोस् । सुरक्षित रहनुहोस् सामाजिक दूरी कायम राख्नुस् । बेला–बेलामा साबुनपानीले हात धुनुहोस् । यस समाजमा संक्रमित व्यक्ति कोही छन् भने हौसला दिनुस् हामी सबै मिलेर यो रोगलाई पराजित गरेर हामी सबै मानवले यो रोगलाई जिती विजय मनाउनु छ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया