आरती स्ट्रिप्सका ५१ जनामा कोरोना संक्रमण

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको एउटै उद्योगमा कार्यरत ५१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बूढीगंगा-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा कार्यरतमध्ये ठूलो संख्यामा मजदुर र कर्मचारीमा कोरोना देखिएको हो । एक साताको अवधिमा संक्रमित बनेकामध्ये अधिकांश मजदुर छन् । सुरुमा दुई मजदुरमा कोरोना देखिएपछि उनीहरुको 'कन्ट्रयाक ट्रेसिङ' गर्दा अरुमा पनि संक्रमण पुष्टि भएको वडाध्यक्ष युवराज पौडेलले बताए ।
उनकाअनुसार उद्योगमा कार्यरतमध्ये दुई सय जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कर्कट पाता र फलामे डण्डी उत्पादन हुँदै आएको उद्योगले 'लकडाउन' खुल्ने वित्तिकै लुकाइछिपाइ भारतीय मजदुर ल्याएर काममा लगाउँदा कोरोना फैलिएको हुन सक्ने आशंका गरिएको पौडेलको भनाइ छ ।
'सुरुमा दुईजनामा संक्रमण देखिएको थियो । त्यसपछि पनि उद्योग निरन्तर चलिरहयो,' उनले भने, 'तत्काललै सिल गरेर मजदुरलाई क्वारेन्टाइनमा राख्नु पर्नेमा त्यसो गरिएन । त्यसको परिणाम स्वरुप अहिले ठूलो संख्यामा मजदुर र कर्मचारी संक्रमित हुने अवस्था बन्यो ।'
स्थानीय बासिन्दाले पनि जबरजस्ती उद्योग चलाउँदा कोरोना व्यापक रुपमा फैलिएको गुनासो गरेका छन् । यसअघि ३० जनामा संक्रमण देखिएकोमा बिहीबार २१ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमितलाई उद्योगभित्रै आइसोलेसन बनाएर राख्न मोरङ प्रशासनले निर्देशन दिएको छ । संक्रमण पुष्टि भएका केही कर्मचारी ‘होम आइसोलेसन’मा छन् । उद्योगमा पाँच सय बढी मजदुर कार्यरत रहेको जनाइएको छ ।
उद्योगमा कार्यरत एक कर्मचारीले सक्रमण पुष्टि भएकामध्ये दुई भारतीय नागरिक सम्पर्कविहीन बनेको बताए । परीक्षणका लागि स्वाब संकलन गरिएपछि उनीहरु सम्पर्कबिहीन बनेकोर पछि रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ । ती कर्मचारीले सम्पर्कविहीन बनेकाहरु भागेर भारततिरै गएको हुन सक्ने बताए ।
अहिले उद्योगमा संक्रमण फैलिएर अवस्था भयावह बनेपछि वरपरका बासिन्दा पनि त्रसित बनेका छन् । उद्योगमा काम गर्नेहरु आसपासका घर र बस्तीमा डेरा बस्ने गर्थे । डेरा बस्नेहरुमा पनि कोरोना संक्रमण देखिएपछि स्थानीय बासिन्दामा त्रास बढेको वडा अध्यक्ष पौडेलको भनाइ छ । उनकाअनुसार उद्योगका मजदुरबाट कोरोना समुदायमा फैलिएको हुन सक्ने आशंका गरिएको छ ।
बूढीगंगाको उद्योग र आसपासका क्षेत्र सिल गरेर सर्वसाधारणलाई हिँडडुल र सवारी साधन आवतजावतमा कडाई गरिएको छ । संक्रमितसँग सम्पर्कमा रहेकाको 'कन्ट्रयाक ट्रेसिङ' गर्दै परीक्षणको दायरा फराकिलो पार्न उद्योग आसपासको क्षेत्रमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । संक्रमण घटेर अवस्था सामान्य नभएसम्म कडाई जारी रहने उनको भनाइ छ । -अन्नपूर्ण पाेस्ट्

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_hNQukjLJRQ_aoftrunc5kgl8yye4nvphwahpzlbr55mxqhzlpubiusbrp3yvp4ttyj7oitj.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_32G7MekMIv_kjiu30qfiubepmjixqkk2wqmtotqupgl34zu3k6ooc9hr1dsqbqw8fdt4uts.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_9JbXWKD1gs_92vapb1br6rqxswccl5dsgftxrb4snfa8rvc6s4vkgw9kh2aypbsv4jz1aly.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_apoNdmSDA5_lvc7ignpm6zl6bglnc9oe53f082tao957kuabps35icr9l7hyg7w2rplykiw.jpg)
प्रतिक्रिया