भक्तपुर देशकै प्रेरणाको स्रोत बन्न सक्छः सांसद् बस्नेत

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता तुल्याउन भक्तपुरको विकास मुलुककै लागि प्रेरणा स्रोत बन्न सक्ने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ४ मा अवस्थित धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको यस दक्षिण बाराही मन्दिर परिसरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) र नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित रु १० लाखबाट आज दाह संस्कारको निमित्त नवनिर्मित ट्रष्टको दाउरा राख्ने भवन दक्षिण बाराही मन्दिर परिसर सुधार एवम् व्यवस्थापन समितिलाई हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले वर्तमान जनप्रतिनिधि निर्वाचित भएसँगै भक्तपुरको विकासले काँचुली फेरेको बताउनुभयो ।
भक्तपुरमा मठमन्दिर, परातात्वीक सम्पदा, कला, संस्कृति, सडक, ढल, शिक्षा, स्वास्थ्य, हरियाली, पार्क, हनुमन्ते कोरिडोरलगायतका साना तथा ठूला आयोजनाहरु तिव्र गतिका अघि बढेको मात्र नभई दैडिएको उल्लेख गर्दै उहाँले भक्तपुरको विकासमा भएका कामहरुको पारदर्शिता नेपालकै उच्च रहेको समेत दावी गर्नुभयो ।
भक्तपुरको विकास जस लिनको लागि नभई आवश्यकता र जनताको चाहना अनुरुप रहेको भएको उल्लेख गर्दै उहाँले व्यवस्थित कार्ययोजना तथा सवैको खटाइकै कारण विकासको लागि बजेट व्यवस्थापन हुने भएकाले भक्तपुरको जनप्रतिनिधिको सक्रियता तथा जनताको साथ र सहयोगकै कारण विकासले फड्को मारेको स्पष्ट पार्नुभयो ।
प्रदेश सरकारको ७० लाखको बजेटमा पार्क बनेको, खानेपानीको आयोजना बन्ने क्रममा रहेको, हनुमन्ते कोरिडोर, सडक बन्ने क्रममा रहेको उल्लेख गर्दै उहाँले उक्त क्षेत्र मुख्य आकर्षणको केन्द्रको रुपमा विकास हुने बताउनुभयो । भक्तपुरमा २१ वटा मठमन्दिरहरुमा केही बनिसकेको र केही बन्ने क्रममा रहेको जानकारी गराउँदै उहाँले उक्त क्षेत्रलाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने जनताको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आफ्नो तर्फबाट सक्ने सम्पूर्ण सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
कला, संस्कृति, मठमन्दिर लगायतका क्षेत्रमा धनि जिल्लाको रुपमा परिचित रहेको भक्तपुर जिल्ला संरक्षण र सम्बद्र्धनको कार्यलाई अझ वढि व्यवस्थित गर्दै लैजानुपर्ने र त्यसको लागि नगरपालिकाले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यो आर्थिक वर्षमा मध्यपुर नगरपालिका क्षेत्र भित्र मात्र आठ वटा मन्दिरहरुको निर्माण तथा पुनः निर्माणको लागि बजेटको व्यवस्थापन भएको जानकारी गराउँदै उहाँले पुरातात्वीक क्षेत्र तथा पर्यटकीय क्षेत्रको लागि जनताको चाहना अनुसार बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सांसद बस्नेतको साथमा बाग्मती प्रदेश सभा सदस्य शशिजंग थापा, वडाध्यक्ष उक्तम थापालगायतको उपस्थिती रहेको थियो ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_OanCcvSanx_5cylqhwezcruaq1ccj75rype7hlihnc84p9b9xbvlagvwvzr3f6t9ds3a5xd.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_N2GAfKgccn_esfqb1sraw5vbygoh0q0jcwj2mquzgqzsrv1mz81sxwhsopti5iahmlgdojx.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_t9k9O8USqW_bw7vx7gqo7h2jv849yw7syteajr7jokdj5sc6vzljtjflfp1i2cz6n9n5zx1.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_JzQJFc9QrD_stjawz7gzqojbrcgkijuqvqvci4hl7izkgpoxbs2cbefmnt4jtc3u6ls8fih.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_CaiL1WOr1K_52k3fspksahmmouryxxo6tui7zofkgcgfa8qa6m3nnkjs5ey7kuu9ft2xce2.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_L4W9c9J8ln_1ux4y9s19lw5uddplxpgnx7pigl8nx3tjvmifmj7ywoleewlqiw0zslcnu1o.jpg)
प्रतिक्रिया