अख्तियारका प्रमुख आयुक्तलाई कोरोना संक्रमण

Akhtiyr

 

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । केहीदिन अघि अख्तियारका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अख्तियारका सम्पूर्ण कर्मचारीहरुको कोरोना परिक्षण गरिएको थियो ।

ती परिक्षण गरिएकामध्ये उनलाई आज कोरोना पुष्टी भएको जनाइएको छ । मंगलबार रिपोर्ट अाएका केही कर्मचारीको भने रिपोर्ट नेगेटिभ देखिएको छ । 

यसअघि उनका ड्राइभरलाई समेत कोरोना पुष्टी भएको थियो । केही दिन अघि १५ प्रहरी कर्मचारीबाट सुरु भएको अख्तियारमा कोरोना त्यसपछि २२ कर्मचारीमा पुष्टी भएको थियो । 

अख्तियारका अन्य केही कर्मचारीको भने रिपोर्ट आइनसकेको जनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित