देशभर थप ३८० मा कोरोना पुष्टी, मृतक संख्या ७५ पुग्यो

Corona_Update

 

काठमाडौं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित