नेपालमा एकैदिन ४ सय ९९ कोरोनामुक्त, जम्मा डिस्चार्ज संख्या १६ हजार ३ सय १३ पुग्यो

health


काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ सय ९९ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ भने १६ हजार ३ सय १३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

आजको दिनमा ६ हजार २ सय ६ जना कोरोना संक्रमित रहेको पनि बताए । उनका अनुसार हालसम्म नेपालमा ४ लाख ३५ हजार २ सय ८९ को पीसीआर परिक्षण गरिएको छ ।

 

Comments

Top