देशभर ३७८ जना नयाँ संक्रमित थपिए, हालसम्म २२ हजार ५९२ पुग्यो

Corona_Update

 

काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् । आजको दिनमा ६ हजार २ सय ६ जना कोरोना संक्रमित रहेको पनि बताए । उनका अनुसार हालसम्म नेपालमा ४ लाख ३५ हजार २ सय ८९ को पीसीआर परिक्षण गरिएको छ ।

गत २४ घन्टामा ४९९ जना डिस्चार्ज भएसँगै हालसम्म नेपालमा १६ हजार ३ सय १३ जना कोरोना संक्रमण मुक्त भएको पनि उनले बताए ।

 

Comments

Top