काठमाडौंका ५७ सहित उपत्यकामा आज पनि ६२ जना नयाँ संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दैनिक गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् । काठमाडौंमा मात्र ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको उनले जनाए ।
गौतमका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका २७ जनामा पोजेटिभ देखिएको छ । त्यस्तैगरी शुक्रराज ट्रपिकलमा ललितपुर १, काठमाडौं १४ जनामा पोजेटिभ देखिएको छ ।
त्यस्तै टिचिङ अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ११ जनामा पोजेटिभ देखिएको छ त्यस्तै गरी बीआईडीएट ल्याबमा काठमाडौंका १, स्टार हस्पिटलमा काठमाडौंका १, ललितपुरका २ र पाटन अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका २, काठमाडौंका २ जनामा कोरोना पोजेटिभ देखिएको गौतमले जनाए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ३८१ जना संक्रमित थपिएका छन् ।
यससँगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या २१ हजार तीन सय ९० पुगेका छन् । त्यस्तै हालसम्म ६० जनाको कोरोनाका कारण मृत्यु भएको पनि गौतमले जनाए ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया