नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण

Corona_Update

Corona_Update

 

काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् । उनका अनुसार हालसम्म नेपालमा ४ लाख १२ हजार ९ सय ५३ को पीसीआर परिक्षण गरिएको छ ।

गत २४ घन्टामा १३० जना डिस्चार्ज भएसँगै हालसम्म नेपालमा १५ हजार १ सय ५६ जना कोरोना संक्रमण मुक्त भएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित