नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, आज एकै दिन १० हजार भन्दा बढीको पीसीआर परीक्षण

Corona_Update

 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज अहिलेको अवस्थामा देशभर ५ हजार ३ सय १६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा देशभर १० हजार ८ सय ६८ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित