कांग्रेस राजनीतिः एउटा सहमहामन्त्रीको 'बहिर्गमन'पछि अर्का सहमहामन्त्रीको 'इन्ट्री'

काठमाडौं । नेपाली कांग्रेसले एउटा पूर्व सहमहामन्त्रीलाई कारबाही गरेकै २ दिनभित्र अर्का सहमहामन्त्री भित्र्याएको छ ।
पार्टीले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरेको २ दिनपछि नेपालमै सबैभन्दा धेरै प्रधानमन्त्री भएका सूर्यबहादुर थापा पुत्र सुनिल थापालाई प्रवेश गराएको छ । राजा महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्रको शासनकालमा समेत प्रधानमन्त्री बन्ने अवसर पाएका एक मात्र नेता सूर्यबहादुर थापा ५ पटक प्रधानमन्त्री बनेका थिए ।
भ्रष्टाचारको आरोप लागेका जोशीको मुद्दा अदालतमै विचाराधीन अवस्थामा रहेको बेला कांग्रेसले अनुशासन समितिको सिफारिसमा उनी लगायत पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्काशित गरेको छ । विगतमा कांग्रेस राजनीतिमा राम्रो प्रभाव जमाउन सफल जोशीलाई अहिलेसम्म अदालतले दोषी ठहर गर्न नसकिरहेको अवस्थामा कांग्रेसको अनुशासन समितिले दोषी ठहर गर्दै कारबाही गरेको छ ।
राजा महेन्द्रकोसमेत विश्वासपात्र भएर काम गरेका सूर्यबहादुर थापाको विरासत सम्हाल्ने प्रयाससहित राजनीतिमा प्रवेश गरेका सुनिल थापाले अन्ततः आप्mना पिताको विरासत कांग्रेसमा लगेर जोडेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा मन्त्री बन्ने अवसर पाएका थापालाई सभापति देउवाले ‘काम गर्न सक्ने’ नेताका रुपमा पाएको जनाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विगत लामो समयदेखि देखिएको विवादमा पार्टीभित्र सहमति हुन नसकेपछि थापा कांग्रेस प्रवेश गरेका हुन् ।
२०१० सालमा कांग्रेस धनकुटाका जिल्ला सभापति रहेका सूर्यबहादुर थापा त्यसअघि २००८ मा मोरङ कांग्रेसका कोषाध्यक्ष थिए । २०१५ सालमा राजा महेन्द्रको विश्वासपात्र हुँदै सल्लाहकारसभाका अध्यक्ष भएका थापाको कांग्रेससँगको सम्बन्ध टुंगिएको थियो । त्यसपछि फरक–फरक परिवेशमा सरकारको नेतृत्व गर्ने अवसर पाएका थापा नेपाली राजनीतिका सबैभन्दा कुटील र सफल राजनीतिज्ञ मानिन्थे ।
उनै कुटील राजनीतिज्ञका छोरा आफ्ना पिताको पूर्वपार्टीमा प्रवेश गरेपछि सुनिल थापाले ‘लामो समयपछि पुनः कांग्रेससँग जोडिन पाएकोमा खुशी व्यक्त गरेको’ जनाइएको छ ।
थापासहित राप्रपाबाट ध्यानकृष्ण भट्टराई, विष्णु थापा, बाबुराम बस्नेत, वृज यादव, दीलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुर्मान विक, राम शाह लगायत कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई सभापति देउवाले सदस्यता र उपसभापति रामचन्द्र पौडेलले माला लगाएर पार्टीमा भित्र्याएका थिए।
लाखौं कार्यकर्ता रहेको कांग्रेसमा थापाको उपस्थिति सहमहामन्त्री मै सीमित हुने हो वा अगाडि बढ्ने हो त्यो भविष्यले नै देखाउला ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_k3q9es8lQ2_fdmgx3yog7ocusdghnvnclt7i8cgq9txlxfusqivepyypav9iy8gnvh2ae2f.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_0Oa2Pr6DBq_i2ephg3uwqgwdctaevhqmcqvbkfr4tsqunhk6pozmsc0v1w1jkmit0rnot4t.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_qIaIN5JdP1_wz9ok97rxywgeplwzoujpzri5k3cgwibfalvyx1lqbhil0o3v4hs9v5qr6i3.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_ffJvijGx18_wnc4rphjxkufdzlwmwacsu7skgbk5imimsmqyxvrvphxroacbq3ut8gccuze.jpg)
प्रतिक्रिया