ओलीको टाउकोमा दोष थोपरेर पानी माथिको ओभानो बन्न नखोजाैंः बस्नेत

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पूर्वमन्त्री महेश बस्नेतले अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसहितका नेताहरुले नै पार्टीभित्र समस्या खडा गरेको भन्दै प्रश्न गरेका छन् । बस्नेतले ‘महानायक बन्ने की नालायक ?’ भन्दै शीर्ष नेतालाई गम्भीर प्रश्न उठाएका छन् ।
सिङ्गो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर लैजाने भूमिका खेल्नुपर्नेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गुटबन्दी गरेर प्रचण्ड, नेपाल र खनालले गम्भीर गल्ती गरिरहेको उनको निश्कर्ष छ । ‘पार्टीलाई संकटमा छ भन्दै पार्टी एकताविरुद्ध अभिव्यक्ति दिँदै एकले अर्कालाई हिलो छ्याप्दै जानुले त उहाँहरु महानायक हैन, नालायक बन्दै जाने हो,’ बस्नेतले भने । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले दर्ता गराएको भन्ने अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोप आधारहीन रहेको उनको भनाई छ । ‘एकलाई अर्काले हिलो छ्याप्ने काम मात्र भएको छ । निर्वाचन आयोगमा एमाले पनि दर्ता भएको र माओवादी केन्द्र पनि दर्ता भएको छ । दुवै पार्टी दर्ता भएका छन् । एउटालाई मात्र दोष दिएर हुन्छ ?’ बस्नेतले प्रश्न गरे ।
नेकपा कमजोर भएमा कांग्रेस तथा मधेसवादी दलले बढी मात्रामा लाभ प्राप्त गर्ने भएकाले नयाँ दल दर्ता गर्ने जनताको नैसर्गिक अधिकार भएको बताउँदै जिम्मेवार नेताले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनु नहुनेतर्फ सचेत गराए । कुनै पनि कुरालाई विवेक पुर्याएर बोल्नुपर्ने नेताले नै गैर जिम्मेवारीपूर्वक अभिव्यक्तिहरु दिइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले पदलोलुपता, कण्ठाग्रस्त मानसिकता, अवसरवादी चरित्रका कारण प्रकट भई अरुलाई हिलो छ्याप्ने र आफुलाई पानीमाथिको ओभानो बन्ने प्रयत्न भएको बताए ।
‘विधि र प्रकृयाको सवैभन्दा वढी वकालत गर्ने माधव नेपाल दुई अध्यक्षले महाधिवेशनको प्रस्ताव लैजादाँ सवैभन्दा पहिलो त्यसको विपक्षमा उभिए । विधि र प्रकृया भनेको त महाधिवेशनबाट नै चुन्ने प्रकृया होला नि रु’ नेपाली रेडियो नेटवर्कमा अन्तरवार्ता दिँदै प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बस्नेतले भने, ‘आम निर्वाचनको माध्यमबाट जनप्रतिनिधि चुन्ने र त्यसैगरी पार्टीभित्र महाधिवेशन नै आम कार्यकर्ताले आफ्नो सार्वभौम सत्ताको उपयोग गरी शसक्त माध्यम हो । त्यसैले माघ, फागुनमा हैन, मंसिरमा नै महाधिवेश गरी एकल नेतृत्वको माध्यमबाट दुई अध्यक्षहरु लगभग सहमत भएको तर उक्त कुरालाई सवैभन्दा बढी आपत्ती जनाउने र उफ्रिने कुरा त माधव नेपालले नै गर्नुभयो ।’
केही दिन अघि अध्यक्षद्वयको वालुवाटारमा भएको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न गएको कुरामा समेत अध्यक्ष प्रचण्डले आफुलाई वाध्यतावस राष्ट्रपति कार्यालय सितलनिवास पुर्याइएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै बस्नेतले प्रचण्ड जस्ता वोल्ड निर्णय गर्ने नेतालाई त्यस्तो फ्याङ्लो बनाउने कुरामा वरिष्ठ नेता माधव लगायतका नेताहरुले घृणित खेल खेलेको, गुटको राजनीतिलाई बढावा दिएको दावी गरे । उनले सरकारलाई कामै गर्न नदिएर पार्टीकै समस्यामा राखिराख्ने नियोजित षडयन्त्रअनुसार पछिल्लो गतिबिधि भइरहेको ठोकुवा पनि गरे ।
‘सरकारलाई काम गर्न नसक्ने अवस्था सिर्जना गरी घेरावन्दीमा राख्ने कार्य पार्टीभित्रबाट हुँदा पनि सरकारले उत्कृष्ट नै काम गरिरहेको छ,’ बस्नेतको भनाई छ । उनले दुई अध्यक्षले गरेको निर्णयलाई व्यक्तिगत भनी कसैले व्यख्या गर्न नमिल्ने पनि प्रष्ट पारे । ‘दोष जति सवै केपी ओलीको टाउकोमा लगाएर हामी चाँहि पानी माथिको ओभानो बन्छौं भन्ने नेकपाका नेतृत्वले नसोचे हुन्छ । सरकारले राष्ट्रियता, कोरोना, प्राकृतिक विपत्ती, सीमा रक्षालगायतका खेलेको भूमिकालाई जनताले वाहा १ वाहा १ नै गरिरहेकोेले माधव र प्रचण्डले लगाएको आरोप कपोकल्पित हो,’ बस्नेतले भने ।
प्रधानमन्त्री ओलीलाई दोष देखाएर आफु उम्किने खोज्ने नेताहरुले उक्त आरोप लगाएको स्पष्ट पार्दै बस्नेतले नेकपा एमाले दर्ता गर्ने व्यक्तिहरुले आफु तथा अन्य केही नेताहरुसँग बसेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको देखेकाले आरोप लगाएको तर त्यो आरोप सत्य नभएको स्पष्ट पारे। नेकपाभित्र विभाजन र समस्याका रेखाहरु कोरिने हुँदा नेकपा एमालेको डोमेन रक्षा भएको उक्त पार्टी दर्ता गर्ने व्यक्तिहरुले सार्वजनिक रुपमा बताएको समेत उनले जानकारी दिए।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया