नेकपा सचिवालय बैठक आज बस्दै, आन्तरिक विवाद समाधान हुने अपेक्षा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीको आन्तरिक विवादलाई निष्कर्षमा पुर्याउन नसकेको पार्टी नेतृत्वले आजको बैठकमा निष्कर्षमा पुर्याउने अपेक्षा गरिएको छ ।
पार्टीको आन्तरिक विवाद एवं आगामी दिनमा पार्टीले गर्नुपर्ने कार्यका बारे भोलि (साउन ४) का लागि तय गरिएको स्थायी कमिटीको बैठक अघि शुक्रबार मात्र सचिवालय बैठक बालुवाटारमा बस्ने निर्णय गरिएको थियो । शुक्रबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल पछि आजका लागि सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
विवाद बढ्दै गएपछि ओली र प्रचण्डबीच पटक–पटक छलफलबाट सहमति जुटाउने प्रयास भए पनि कुनै सहमति हुन सकेको छैन । तर, पनि आजको बैठकले देश विषम परिस्थितिमा रहेको बेला पार्टी नेतृत्वले आन्तरिक विवाद समाधान गर्ने अपेक्षा गरिएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया