आज थप ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६७१९ पुग्यो

1 Health

काठमाडौं । पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।

अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् । आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् ।

कोरोना जित्नेको कुल संख्या आठ हजार चार सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।

Comments

Top