प्रहरी महानिरीक्षकमा शैलेश थापाको बढुवा

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८औं महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको बढुवा गरिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलतालगायतका आधारमा थापालाई बढुवा गरिएको बताइएको छ ।
थापाले २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । निवर्तमान महानिरीक्षक ठाकुर ज्ञवालीले भोलीदेखि अनिवार्य अवकाश पाउने भएकाले सरकारले उनलाइ बढुवा गर्ने निर्णय गरेको हो । महानिरीक्षक दाैडमा उनीसँगै ब्याचमेन्ट हरि पाल प्रतिस्पर्धामा देखिएका थिए । तर, उनीहरूले दुवैले जो भए पनि कुनै फरक नपर्ने बताउँदै सरकारको निर्णय मान्य हुने बताउँदै आएका थिए ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया