नेपालमा थप २९३ मा कोरोना संंक्रमण पुष्टी

 

Corona_Update

 

काठमाडौं । शनिबार नेपालमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेका छन् । 

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले उक्त कुरा बताएका हुन् ।

गत २४ घन्टामा १३२ जना डिस्चार्ज भएसँगै हालसम्म ६ हजार ५ सय ४७ पुगेको छ ।

त्यस्तै हालसम्म ३४ जनाको मृत्यु भएको जनाइएको छ । 

 

Comments

Top