कोरोना कष्टः २४ घन्टामा ज्यान गुमाउनेमा भारतले अमेरिकालाई उछिन्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनाकारण ज्यान गुमाउनेमा भारतले अमेरिकालाई उछिनेको छ ।
पछिल्लो २४ घन्टामा ६ सय १० जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा २ सय ४९ जनाको मात्र मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी मृत्यु ब्राजिलमा नै भएको छ । ब्राजिलमा १ हजार १ सय ११ जना र मेक्सिकोमा ६ सय ५४ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा अमेरिकामा अमेरिकामा ४४ हजार ८ सय ३९ नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा ३५ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा २४ हजार १५ जना नयाँ संक्रमित थपिएको छ ।
पछिल्लो तथ्यांकअनुसार हालसम्म अमेरिकामा २९ लाख ३५ हजार ४ सय ३६ जना संक्रमित देखिएकोमा १ लाख ३२ हजार ३ सय १३ जनाको मृत्यु भएको छ भने ब्राजिलमा हालसम्म १५ लाख ७८ हजार ६ सय ७६ जना संक्रमित देखिएका छन् भने ६४ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको रसियामा ६ लाख ७४ हजार ५ सय १५ जना संक्रमित भएकोमा १० हजार २७ जनाको मृत्यु भएको छ ।
त्यस्तै रसियालाई पछ्याउँदै गएको भारतमा भने ६ लाख ७३ हजार ९ सय ४ जना संक्रमित पुगेका छन् भने मृतकको संख्या १९ हजार २ सय ७९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा विश्वभर नयाँ संक्रमितको संख्या १ लाख ८९ हजार ७० जना रहेको छ ।
हालसम्म विश्वभर संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ६ सय ४६ पुगेका छ भने ५ लाख ३२ हजार ८ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६४ लाख ३१ हजार १ सय ८५ पुगेको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया