पछिल्लो २४ घन्टामा कहाँ कति देखिए नयाँ संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालका २५ जिल्लामा २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, थप २ जना कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको छ। यससँगै संक्रमितहरुको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। ३४ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभरका २३ प्रयोगशालाबाट भएको ४ हजार ५० जनाको नमुना परीक्षणमा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ सय १४ जनामा पोजेटिभ देखिएको छ।
जसमध्ये अछामका ३७, डडेलधुराका ३, डोटीका ३, गुल्मीका ९ र कञ्चनपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नवलपरासी पश्चिमका ४, पाल्पाका १६, प्युठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ र सिराहाका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोशी अस्पताल विराटनगरमा इलाम र झापाका १र१ तथा मोरङका ५ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला विराटनगरमा झापाका ४ जनामा संक्रमण पुष्टि भएको छ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिराहाका १५ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला जनकपुरमा धनुषाका १५, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका ६ र नवलपरासी पूर्वका ७ जनामा संक्रमण पुष्टि भएको छ।
क्षयरोग प्रयोगशाला पोखरामा बाग्लुङ र म्याग्दीका ३र३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रादेशिक प्रयोगशाला पोखरामा स्याङ्जा र तनहुँका १र१ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पाल्पाका ३ र प्युठानका २ जनामा संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ५ र रोल्पाका २ जनामा संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल प्रयोगशालामा दैलेखका १ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेश १ मा संक्रमितको संख्या ६ सय ८६ पुगेको छ।
त्यस्तै, प्रदेश २ मा सबैभन्दा बढी ४ हजार ८३ जनामा संक्रमण पुष्टि भएको छ। वाग्मती प्रदेशमा संक्रमितको संख्या ५ सय २५ छ। त्यस्तै गण्डकीमा एक हजार १ सय ३३, प्रदेश ५ मा तीन हजार ९ सय ८२, कर्णाली प्रदेशमा एक हजार ५ सय ४० र सुदुर पश्चिम प्रदेशमा तीन हजार ५ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमितमध्ये ६ हजार ४ सय १५ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ९ हजार ४२ जना उपचारकै क्रममा रहेका छन्।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_sgWSjqe1kT_qmauvahkyy7tsjlsphm6j8decsacyx9wwumbhomo2lrzqlf0vah6m93o3nqi.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_9IsWVBjNhk_mikfsjjzymcs2kmjhmcbv7ogbrr4fyjpxmkxoi4oqnxy5270wrmpxl3kq478.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_z1xnOkmWWk_snn33cnsqt6f6bscku8fuf6kwnbt8yp2d54kvf48khd7kcsgie2b9jirqpyy.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया