नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतक संख्या ३४ पुग्यो

काठमाडाैं । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार गोरखा र रूपन्देहीका पुरूषमा कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूषको शनिबार बिहान गोरखा अस्पतालस्थित आइसोलेसनमा मृत्यु भएको थियो। उनी गत मंगलबार कतारबाट घर फर्किएर स्थानीय जीवनज्योति माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बस्दै आएका थिए।
खोकी लाग्नेजस्ता लक्षण देखिएका ती पुरूषमा कोरोना पुष्टि भएपछि शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा लगिएको थियो। आइसोलेसनमा राखेको सात घण्टापछि उनको निधन भएको हो।
त्यस्तै रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको टिचिङ अस्पतालमा असार १७ गते निधन भएको छ । निजको कोरोना पुष्टी चैत १८ गते पुष्टी भएको छ । उनी क्षयरोगका बिरामी भएको पनि जनाइएको छ ।
यससँगै मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टी गरे ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया