यी हुन् मन्त्रीपरिषद्का १३ मुख्य निर्णयहरू (सूचीसहित)

काठमाडौँ । पछिल्लो समयका मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण १३ वटा निर्णयहरु सार्वजनिक गरिएको छ ।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज मन्त्रालयमा अयोजित पत्रकार सम्मेलन गरी सरकारले पछिल्लो समयमा गरेको निर्णयहरु सार्वजनिक गरेका हुन् ।
१. दुवै संघिय संसदका चालु अधिवेशन आज ५ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने,
२. विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले प्रदान गर्ने ३ सय मिलियन डलर (करिव ३० करोड ८० लाख) अनुदान स्वीकार गर्ने,
३. मोरङ नौविसे दुई सय २० केभी प्रशारण लाईन र कुसाह विराटनगरको लागि एक सय ३२ केभी प्रशारण लाईनको लागि जमिन उपलब्ध गराउने,
४. हत्या भई मृत्यु भएका सर्लाही जिल्ला रामनगर गाउपालिका वडा नं. ४ बस्ने राम जलम रायलाई क्षतीपूर्ती स्वरुप १० लाख दिने,
५. परराष्ट मन्त्राालयमा दुई वटा अस्थायी दरवन्दी स्वीकृति गर्ने (खास गरी संयुक्त राष्ट्र संघको लागि स्थायी नियोग जेनेभाको लागि),
६. भूमि सम्बन्धी समस्या समाधान गठन आयोग पहिलो संशोधन २०७७ लाई स्वीकृति गर्ने,
७. हाल स्थगीत रहेको श्रम स्वीकृति दिने (जसमा विदामा नेपाल आएका, भिसा अवधि र करार अवधि बाँकी रहेकालाई)
८. कोरोना संक्रमण (कोभिड–१९)को अवस्था हेरी जिल्ला संकट व्यवस्थापन केन्द्रले स्वास्थ्य मन्त्रालय तथा सीसीएमसीसँग समन्यव गरी जिल्लाका कुनै पनि क्षेत्र सिल गराउन सक्ने,
९. अत्यावश्यक वाहेकका हवाई तथा सीमा नाका साउन ७ सम्म बन्द गर्ने,
१०. लुकी छिपी प्रवेश गरे र गराउने दुवैलाई कानुन अनुसार कारवाही गर्ने,
११. नेपाली मुलका विदेशी नागरिकलाई अत्यावश्यक परि नेपाल आउनुपर्ने भए सम्बन्धीत कुटनीतिक नियोगको माध्यमबाट आउन दिने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्रन्ट लाईनमा काम गर्ने कर्मचारीलाई स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउने,
१२. विदेशबाट आउने यात्रुलाई होल्डीमा लैजान तथा निश्चित गन्तव्यसम्म पुर्याउन नेपाली सेनाको सवारी साधन प्रयोग गर्ने र त्यसमा लाग्ने खर्च व्यवस्थापन गर्ने,
१३. होम क्वारेन्टाईनमा वस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पुरा गरेको हुनुपर्ने र डीसीसीएमसी तथा नेपाल प्रहरीले स्वीकृत गर्नु पर्ने ।

करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयबिरुद्ध उच्च अदालतले दियो अल्पकाल…

चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने, मुख्य मन्त्रीज्युबाट…

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

प्रतिक्रिया